दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंका पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनकी पत्नी उमा प्रसाईंले गत साता सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

यसअघि निर्वाचन आयोगले निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै प्रसाईंविरुद्ध कारबाही गर्न प्रहरीलाई पत्र पठाएको थियो। सोही आधारमा प्रहरीले उनलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

अदालतको पछिल्लो आदेशसँगै प्रसाईंको हिरासत कानुनी आधारबिना भएको ठहर गर्दै तत्काल रिहा गर्न निर्देशन दिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज