जेनजी आन्दोलनपछि राजनीतिक दलको लहर बढ्यो, १२५ दल दर्ता भैसक्यो अझै २५ वटा प्रक्रियामा

काठमाडौं । जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दल खोल्न दौडधूप बढेको छ । राजनीतिक दल खोल्न बढेको लहरका कारण हालसम्म १२५ दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन भने अझै २५ दल अनुमतिको लागि प्रक्रियामा छन् ।

राजनीतिक दल खोल्न क्रम अझै रोकिएको छैन । निर्वाचन आयोगकोले कात्तिक मसान्तको समय दिएकोले सो समयसम्ममा अझै दल दर्ताको संख्या बढ्ने देखिएको छ ।

जेनजी आन्दोलनअगाडिका १० सहित कुल २८ निवेदनमध्ये तीनले प्रमाणपत्र पाइसकेका छन् । अझै २५ दलमाथि निर्वाचन आयोगले अध्ययन गरिरहेको जानकारी दिएको छ ।

जेन–जी आन्दोलनपछि संसद् विघटन भएको र द प्रतिनिधिसभा निर्वाचनमा लागेकोले पनि दल खोल्ने होडबाडी बढेको हो । अहिलेसम्म १८ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आन्दोलन अगाडिका १० सहित प्रमाणपत्र पाउन बाँकी २५ दलमाथि आयोगले अध्ययन गरिरहेको छ । आयोगको निर्वाचन कार्यतालिकाअनुसार नयाँ दल दर्ताको समय ३० कात्तिकसम्म छ ।

प्रतिनिधिसभाको २१ फागुनमा तोकिएको निर्वाचन नजिकिँदै गर्दा दल खोल्ने समूह बढ्दै गएका छन् । दल दर्ताका लागि पेस भएका २५ निवेदनमाथि आयोगले अध्ययन गरिरहेको छ । अझै विभिन्न समूह दल खोल्ने गृहकार्यमा छन् ।

दल दर्ताका लागि आवश्यक कागजात लिएर आज निर्वाचन आयोग प्रचण्ड नेतृत्वको नेकपा पनि जाने भएको छ । १० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि आवश्यक कागजात लिएर आइतबार निर्वाचन आयोग जाने भएको छ । नेकपाले एकता राष्ट्रिय सम्मेलनकै दिन गत बुधबार आयोगमा नाम र चुनाव चिह्नसहित निवेदन दिएको थियो ।

 

सम्बन्धित समाचार

ताजा न्यूज