उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरण सुनुवाइ सुरु

काठमाडौं । जेन–जी आन्दोलनपछिको अव्यवस्थित अवस्थाबीच उच्च अदालत पाटनले मंगलबारदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु गरेको छ।

पाटन उच्च अदालतका अनुसार अदालतमा आन्दोलनका कारण कुनै क्षति नभएकाले अत्यावश्यक प्रकृतिका मुद्दा सुन्न प्रक्रिया अघि बढाइएको हो। उनका अनुसार हाल तीनवटा इजलास गठन गरिएको छ— एउटा बन्दी प्रत्यक्षीकरणका लागि, अर्को वाणिज्यसम्बन्धी निवेदनका लागि र एकल इजलास भने आकस्मिक रूपमा आउने मुद्दा सुन्न तोकिएको छ।

तर सर्वोच्च अदालत भने अझै नियमित सुनुवाइमा फर्कन सकेको छैन। जेन–जी आन्दोलनका क्रममा त्यहाँको संरचना र सर्भरमा क्षति पुगेका कारण दैनन्दिन मुद्दा अघि बढाउन समय लाग्ने अधिकारीहरूले बताएका छन्। सर्वोच्चले हाललाई बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदन मात्र हेर्ने तयारी गरे पनि अहिलेसम्म त्यस्तो मुद्दा दर्ता भइसकेको छैन।

सर्वोच्च अदालत नजिकैको एनेक्स भवनमा नयाँ इजलास कक्ष निर्माण भइरहेको र केही दिनमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज