नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको मुद्दा दर्ता

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दर्ता भएको छ।

कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भदौ ६ गते गरेको पोस्ट अदालतको मर्यादा र निष्पक्षतामाथि प्रश्न उठाउने प्रकारको भएको भन्दै रिट दायर गरेका थिए। मुद्दा शुक्रबार पेश भएको र आइतबार दर्ता भएको हो। उक्त मुद्दाको पेसी भदौ १९ का लागि तोकिएको छ।

रिट अनुसार, श्रेष्ठले अदालतबाट न्याय प्राप्त गर्न भनसुन र घुस आवश्यक पर्ने अभिव्यक्ति दिएका थिए। उनले लेखेका थिए कि “अहिले न्यायालयको अवस्था यस्तो छ कि सम्पर्क वा घुस बिना कुनै नेपालीले न्याय पाउन सक्दैन।”

मुद्दामा भनिएको छ कि उपाध्यक्ष श्रेष्ठको अभिव्यक्तिले न्यायालयको प्रतिष्ठा माथि चोट पुर्‍याएको छ। साथै, व्यवस्थापिकाको सदस्य भएर न्यायपालिकामाथि क्षेत्राधिकार बाहिर गएर अमर्यादित टिप्पणी गरेको र समग्र न्याय प्रणालीमा अविश्वास र अनास्था फैलाउने काम भएको ठहर गर्दै अदालतले कारबाही माग गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज