काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार संविधानको धारा १६८ अनुसार विश्वाशको मत लिने भएका छन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने लिने भएका छन । यही साउन २७ गते मंगलबारको प्रदेशसभाको उनले विश्वासको मत लिने छ ।
बानियाँले विश्वासको मत लिने हुँदा उनलाई कांग्रेसले संसदीय दलको विधान विपरीत नजान भन्दै वागमती प्रदेशसभाका आफ्ना संसदहरुको लागि ह्वीप जारी गरेको छ ।
कांग्रेसले सो दिनको बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ ।