सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस, विशिष्ट श्रेणीमा चारजना बढुवा

काठमाडौं। सर्वोच्च अदालतको रिक्त मुख्य रजिस्ट्रार पदमा विमल पौडेल सिफारिस भएका छन्। सोमबार बसेको न्यायसेवा आयोगको बैठकले पौडेललाई उक्त पदका लागि सिफारिस गरेको हो।

पूर्वमुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण आइतबारदेखि अवकाशमा गएपछि सो पद खाली भएको थियो।

त्यस्तै, सर्वोच्च अदालतको रजिस्ट्रारमा मानबहादुर कार्कीको बढुवा सिफारिस गरिएको छ।

कानुन तथा सरकारी वकिल समूहमा पनि विशिष्ट श्रेणीका लागि बढुवा सिफारिस भएको छ। महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायधिवक्ता सूर्यराज दाहाललाई नायब महान्यायधिवक्तामा बढुवा सिफारिस गरिएको छ।

कानुन सेवातर्फ सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा शर्मा सचिव पदमा बढुवा सिफारिस भएका छन्। बैठकले विभिन्न तहमा कार्यरत ठूलो संख्याका न्याय सेवाका कर्मचारीहरूको पनि सरुवा गरेको छ। आयोगले बढुवा र सरुवा प्रक्रिया न्याय सेवा नियमावलीअनुसार योग्यताका आधारमा गरेको जनाएको छ।

हेर्नुस् यस्ता छन परिषद्ले गरेका निर्णयहरु: 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

सम्बन्धित समाचार

ताजा न्यूज