विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने एमालेको निर्णय, तीन नेताका नोट अफ डिसेन्ट

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।

दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले आफ्नो प्रतिस्पर्धी भएका कारण विद्यालाई रोक्ने निर्णय सुनाए ।

उनको उक्त निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, कर्ण थापा र युवराज ज्ञवालीले प्रतिवाद गरेका थिए ।

उनीहरूले बैठकमै नोट अफ डिसेन्ट लेख्ने जानकारी गराएका छन् । पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् ।

पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए ।

ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका हुन् ।

उनीहरूले पार्टीको यो निर्णयमा असहमति राखेको प्रचार विभाग प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिए ।

 

सम्बन्धित समाचार

ताजा न्यूज