नेपाल बार एशोसिएसनद्वारा परियोजना संयोजकको पदका लागि आवेदन आह्वान

काठमाडौँ । नेपाल बार एशोसिएसनले ‘परियोजना संयोजक’ (Project Co-ordinator) पदमा एक जना कर्मचारी नियुक्त गर्न आवेदन आह्वान गरेको छ। उक्त पद “संविधान सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना – II” अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) र नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा सञ्चालित कार्यक्रमसँग सम्बन्धित छ।

नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यालय काठमाडौँमा कार्यरत रहने गरी माग गरिएको परियोजना संयोजक पदका लागि इच्छुक तथा योग्य नेपाली नागरिकहरूले १० दिनभित्र आवेदन दिन सकिनेछ।

आवेदकले दरखास्त पत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र संक्षिप्त व्यक्तिगत विवरण (Bio-data) सहित आवेदन इमेलमार्फत [email protected] मा पठाउनु पर्नेछ।

यससम्बन्धी विस्तृत जानकारी नेपाल बारको वेबसाइट https://nepalbar.org.np मा पनि हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

नेपाल बार एशोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई समयमै आवेदन दिन अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज