काठमाडौं । गैरकानुनी रुपमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति गरिएको’ भन्दै नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा अदालतमा रिट निवेदन दर्ता गरिएको छ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाद्वारा दर्ता गरिएको रिटमा सरकार तथा गभर्नर छनोट समिति विपक्षी बनाइएको छ। उनीहरूले राष्ट्र बैंक ऐन र सम्बन्धित कानुनी मापदण्डहरूको उल्लंघन गरी राजनीतिक दबाबमा पौडेललाई नियुक्त गरिएको दाबी गरेका छन्।
रिट निवेदनमा गभर्नर नियुक्ति खारेज गर्न माग गरिएको छ। हाल रिट दर्ता प्रक्रिया छलफलको चरणमा रहेको सर्वोच्च स्रोतले जनाएको छ।
गत ६ जेठमा मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिएको थियो।