काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठीक ५० दिनमा हिरासतमुक्त भएका छन् । आज बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार सुनाएको आदेशअनुसार मिश्रलाई कानुन व्यवसायीको रोहबरमा छाड्न आदेश दिएको हो। उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।
उनलाई “राज्यविरुद्धको कसुर”, “संगठित अपराध” र “अपराधिक उपद्रव” मा अनुसन्धान गरिँदै आएको थियो। प्रहरीले आठ पटक म्याद थप गरेर मिश्रलाई हिरासतमा राखेको थियो।