लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा, बेलायत पलायन

भैरहवा । लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। उनले राजीनामासँगै बेलायत पलायन गरेकी छिन्।

गुरुङले प्रदेशसभा सचिवालयमा पठाएको राजीनामा पत्रमा उनले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन आफूलाई उचित नलागेको उल्लेख गरेकी छन्। पत्रमा लेखिएको छ, “राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ, आजकै मितिदेखि पदमुक्त हुन राजीनामा पेश गर्दछु।”

जनमत पार्टीले गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई पत्र पठाएको जनाएको छ। सभामुखले सो राजीनामा स्वीकृत गरिसकेको पार्टी स्रोतले जनाएको छ।

भैरहवाको सिद्धार्थनगरकी स्थायी बासिन्दा गुरुङले बेलायतबाट हस्तलिखित राजीनामा पत्र पठाएकी हुन्। आफन्तहरूले जनाएअनुसार, उनी हाल बेलायतमै रहेका कारण स्वेच्छिक रूपमा राजीनामा दिएको स्पष्ट गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज