रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता, चितवन–२ बाट तेस्रोपटक प्रतिस्पर्धा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं. २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

सहकारीसम्बन्धी मुद्दाको सिलसिलामा वीरगञ्जमा रहेकाले समयमै उपस्थित हुन नसकेपछि उनले वारेस तोकेर उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनले जनाएको छ। पार्टीका जिल्ला सभापति कृष्णप्रसाद भुषालका अनुसार लामिछानेले भरतपुर महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएका थिए, र उनले नै निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।

भुषालका अनुसार वीरगञ्जको काम सकेर चितवन फर्किने तयारी भए पनि समय अभावका कारण वारेसमार्फत प्रक्रिया पूरा गरिएको हो।

लामिछाने यसअघि पनि चितवन–२ बाट निर्वाचन लडिसकेका छन्। यसपटक उनी सोही क्षेत्रबाट तेस्रोपटक उम्मेदवार बनेका हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज