पर्सा जिल्ला अदालतद्वारा रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले थुनछेक बहसपछि लामिछानेसँग उक्त रकम बराबरको धरौटी माग गर्ने आदेश दिएको हो। अदालत स्रोतका अनुसार धरौटी बुझाएपछि उनलाई तारेखमा राखेर मुद्दाको कारबाही अघि बढाइने छ।

लामिछानेसहित २९ जनाविरुद्ध गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। अभियोगमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी कसुर लगाइएको छ।

उक्त मुद्दामा अभियोजन पक्षले कुल ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। अदालतले अब प्रमाण र बयानका आधारमा थप सुनुवाइ गर्ने जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज