दुर्गा प्रसाईं बयानपछि हाजिर जमानीमा रिहा

काठमाडौं । अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले बयान लिएपछि हाजिर जमानीमा रिहा गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा प्रसाईंको बयान लिइएको र तत्काल हिरासतमा राखिरहनुपर्ने अवस्था नदेखिएकाले उनलाई आफन्तको जिम्मामा छाडिएको हो।

प्रसाईं पोखराको लेकसाइडमा आयोजित एक नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा हिजो चाउथे क्षेत्रबाट पक्राउ परेका थिए। उनले नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसाको प्रभावमा निर्णय गरेको भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई भ्रामक र आधारहीन ठहर गर्दै निर्वाचन आयोगले आइतबार साइबर ब्युरोमार्फत आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज