काठमाडौं । साना तथा मद्यौला ढुवानी व्यवसायीलाई सरकारले ज्याजती गरेको आरोप लागेको छ । सरकारले यी सवारीसाधानलाई अन्य सवारीभन्दा विभन्न व्यवहार गरेको र सञ्चालनमा बाधा गरिरहेको पाइएका छ ।साना तथा मद्यौला ढुवानी व्यवसायीलाई दैनिक ५ घण्टाको पिक आवरले समस्या भएकोले सहजीकरण गरिदिन उनीहरुले सरकारसँग जोडदार माग गरेका छन् ।
साना तथा मद्यौला ढुवानी व्यवसायीलाई विहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म पिक आवर (कार्यालय समय) भन्दै ५ घण्टासम्म रोकेर राख्दा आफूहरुको व्यवसाय नै चौपट भएको व्यावसायी सुनिल चौलागाईंले बताए । उनले सरकारले आफूहरुलाई सवारी चलाउन नदिएको र पार्किङको समेत व्यवस्था नदिएर समस्यामा पारिरहेको बताए ।
अरु सबैलाई निर्वाध रुपमा चल्न दिने र साना तथा मद्यौला मालबाहक सवारी साधनलाई मात्रै रोकेर सवारी चलाउन नदिँदा समस्या भएको उनीहरुको गुनासो छ । सरकारले साना तथा मद्यौला ढुवानी सवारीसाधनलाई सहजीकरण नगर्दा आफूहरुलाई समस्या भएको व्यवसायीले बताएका छन् ।
ढुवानी सवारीलाई ट्राफिक प्रहरीले ज्याजती गरेको भन्दै व्यवसायीले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्ना दुखेसो पोखेका छन् ।
दैनिक ५ घण्टा सरकारले अफिस टाइम भन्दै साना ढुवानी सवारीलाई मात्रै रोक्ने गर्दा आफूहरुको व्यवसाय नै चौपट भएको र गुजारा चलाउनसमेत असहज भएको व्यवसायी वाबुकृष्ण बास्कोटाले बताए ।
बास्कोटाले भने ‘सरकारल अरु सबै सवारी सधानलाई निर्वाध रुपमा सञ्चालन हुन दिने, निजी सवारी साधन जति पनि चल्न पाउने तर सोही समयमा सिमित साना ढुवानी साधनलाई मात्रै गन्तव्यमा पुग्न नदिने र जहाँ भेट्यो त्यहीँ ट्राफिक प्रहरीले किन रोक्ने ? के हामीले बाटोमा जाम गरेर बसेका छौ र ? कि हामीले कर तिरेका छैनौ ?’
उनले भने ‘हामी मजदुरले पनि गरी खान पाउनुपर्यो र अनावश्यक रुपमा सिमित सवारीलाई मात्रै रोक् गरी ल्याएको पिक आवरको समय तत्काल खारेज गर्नुपर्यो । हामीलाई गरिखान पाउनुपर्ने वातावरण सरकारले बनाइदिनुपर्यो ।’
अर्का व्यवसायी गणेशबाहादुर बस्नेतले पनि बैंकबाट ऋण तिर्न असहज भएको बताए । तीन महिना बैंकको किस्ता तिर्न नसक्दा गाडी तान्छ भने दैनिक ढुवानी व्यवसाय गरेर घरभाडा तिर्न नसक्ने अवस्थामा पुगेको बेला सरकारले सहजीकरण नगरेको गुनासो उनले गरेका छन् ।
सरकारलाई २ सय ४० प्रतिशत कर तिरेर सवारी साधान ल्याएका छौं भने तोकिएको कर तिरेर व्यवसाय गरिरहेका छौं तर सरकारले यही देशका नागरिकलाई गरिखान नदिएको गुनासो पनि बताए । उनले भने ‘साँझ ४ बजेदेखि ७ बजेसम्म तीन घण्टासम्म कार्यालय समय हुन्छ रु अफिस छुटेर घरमा खाएर सुत्न जाने हामीलाई तीन घण्टा लाग्छ ?’
उनले गुनासो गरे ढुवानी व्यवसायीलाई अधिक दुःख दिएको, गरिखान नदिएको र राज्यले शोषण गरेको भन्दै उनीहरुले घरव्यवहार सञ्चालन गर्न समस्या भएको बताए । देशमा गरिखान बसेका व्यवसायीलाई दैनिक ५ घण्टा थुनेर आफूहरुमाथि अन्याय गरेको आरोप पनि व्यवसायी बस्नेतले लगाए ।
अर्का व्यवसायी प्रल्हाद केसीले पनि राज्यले आफूलाई काम गर्ने वातावरण नदिएकोले आफूहरुलाई बाध्य भएर सरकारको विरुद्ध लाग्नुपर्ने अवस्था सिर्जना गरेको बताए । उनले भने ‘राज्यले दमन गरेर काम गर्न नदिको छैन् । कुनै पनि सवारी साधानले बाटोमा सामान राख्ने र झार्ने काम नगर्ने हुँदा बाटो अवरोध नगरी काम गर्नसमेत दिएको छैन् ।’
अर्का व्यवसायी कुमार श्रेष्ठका अनुसार सरकारले रिङरोड भित्र बजार राख्ने, त्यहीँ बजारमा जान आउन रोक्ने, पार्किङको समस्या भएकोले पनि आफूहरुलाई समस्या भएको बताए ।
व्यवसायी प्रेमबहादुर श्रेष्ठले पनि आफ्नै देशमा बसेर गरिखान दिन सरकारलाई आग्रह गरे । उनले भने ‘यही देशमा बसेर, काम सिकेर, सवारी साधन ऋणधन गरेर किनेका हुन्छौं, त्यही सवारी साधान चलाएर परिवार पाल्ने गरेकोले आफूहरुको गरिखान पाउने अधिकार नखोस्न पनि उनले आग्रह गरे ।

