रेशम चौधरीको नाउपाने जाँतो लिएर निर्वाचन आयोगमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) संरक्षक रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । चाैधरीकाे चुनाव चिन्ह जाँताे रहेकाेले साेही चिन्ह बोकेर निर्वाचन आयोग गएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका श्रीमान रेशम चौधरीले बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टी नेपाल नाम प्रस्ताव गरेका चौधरीले ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् भने जाँतो चुनाव चिन्ह प्रस्ताव गरेका हुन् ।

सम्बन्धित समाचार

ताजा न्यूज