प्रधानमन्त्री कार्कीसँगको त्रिपक्षीय वार्तामा जेनजीले राखे भ्रष्टाचारविरुद्धको कारबाही प्रमुख एजेन्डा, चुनाव होइन सुशासन चाहिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँगको राजनीतिक दलका प्रतिनिधि र जेनजीबीच भएको त्रिपक्षीय वार्तामा जेनजी भ्रष्टाचारविरुद्धको कारबाही आफूहरुको प्रमुख एजेन्ण्डा भएकाे बताए । उनीहरुले  चुनाव होइन सुशासन चाहिने माग गरे

सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले आफ्ना मागहरूमा ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले तोकिएको मितिमा चुनाव चाहिएको भन्दै आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको भन्दै दलका प्रतिनिधि र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जेनजी प्रतिनिधिहरूले भने, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।

सम्बन्धित समाचार

ताजा न्यूज