आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत उनको ७ कात्तिक, बिहान साढे ८ बजे निधन भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले उनकी मृत्यु भएको पुष्टि गरेका छन्।

गत शनिबार, नितुले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई तत्काल अस्पतालमा लगिएको थियो।

घटनाको छानबिनका क्रममा प्रहरीले गायक बाबुल गिरीलाई सोधपुछ गरेको थियो। घटना पछि पनि गिरी प्रहरी सम्पर्कमा रहेका छन्।

गायिका नितु पौडेलको निधन भएपछि उनका दाइ गणेश पौडेल प्रहरी कार्यालय पुगेका छन्। उनले बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गराएका छन् र प्रहरी वृत्त सिंहदरबारमा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज