देउसी–भैलो खेल्ने क्रममा उत्पन्न विवादका कारण एकको मृत्यु

नवलपुर । देउसी–भैलो खेल्ने क्रममा उत्पन्न विवादले नवलपुरमा एक जनाको ज्यान गएको छ। विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीस्थित दुमकट्टामा शुक्रबार राति देउसी–भैलो खेल्ने क्रममा झगडा हुँदा ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

प्रहरीका अनुसार भैलो खेल्ने टोली र स्थानीय ठाडा मगरबीच सामान्य भनाभन भएपछि कुटपिटको घटना भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका ठाडाको उपचारका क्रममा लुम्बिनी मेडिकल बगैचामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घटनापछि प्रहरीले विनयी त्रिवेणी गाउँपालिका–४ का २० वर्षीय धरन पाइजा लगायत तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने मध्ये दुई जना बालक रहेको प्रहरीले जनाएको छ।

‘घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ डीएसपी नेपालले भने। मृतकको शव पोस्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ।

स्थानीयहरुका अनुसार देउसी–भैलो खेल्ने क्रममा उत्पन्न विवाद सुरुमा सामान्य देखिए पनि पछि झगडा हिंसात्मक बनेको थियो। प्रहरीले घटनाको सम्पूर्ण विवरण संकलन भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज