कांग्रेसले भन्यो प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको निर्णय पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट सार्वजनिक गरेको ६ बुँदे धारणा अनुसार, “संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित प्रतिनिधि सभा विघटनको कार्यले देशको संविधान, नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी राज्य निर्माणको संवैधानिक भावना माथि कुठाराघात गरेको छ।”

उपसभापति खड्काले यो निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसलासँग विपरीत भएको पार्टीको दृष्टिकोण पनि व्यक्त गरेका छन्। उनले भनेका छन्, “यो कदम लोकतन्त्र र संविधानलाई कमजोर पार्ने तथा सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती फैसलासँग टकराउने कार्य हो।”

यसअघि कांग्रेसको कार्यसम्पादन समिति बैठकले पनि प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको थियो।

खड्काको वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा। आरजु राणा देउवामाथि गरिएको अमानवीय आक्रमणको पनि उल्लेख गरिएको छ। उनले भनेका छन्, “लोकतन्त्रका लागि जीवनपर्यन्त संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा। आरजु राणा देउवा माथिको भौतिक आक्रमण निन्दनीय र भर्त्सनायोग्य छ। उपचारमा रहनु भएको उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।”

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज