१५ हजारमध्ये करिब १५ सय मात्रै पक्राउ, कैदीबन्दी खोजी तीव्र

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका जेल र प्रहरी हिरासत तोडफोड गरेर भागेका कैदीबन्दी र थुनुवामध्ये करिब १५ सय मात्र पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार हालसम्म १ हजार ५६७ जनालाई पुनः नियन्त्रणमा लिन सफल भएको छ। तीमध्ये १ हजार ५०९ जना कैदीबन्दी र ५८ जना थुनुवा छन्। पक्राउ परेकालाई सम्बन्धित कारागार तथा थुनुवा कक्षमा फिर्ता पठाइएको छ । तर अझै ठूलो संख्यामा कैदीबन्दी फरार छन्। घिमिरेका अनुसार १२ हजार ५३३ कैदीबन्दी र ७९५ थुनुवा अझै खोजीको दायरामा छन्। ‘सबैलाई नियन्त्रणमा ल्याउन प्रहरी निरन्तर खोजतलासमा छ,’ उनले भने।

प्रहरी प्रधान कार्यालयले फरार रहेका सबैलाई तत्काल नजिकैको कारागार वा प्रहरी कार्यालयमा सम्पर्क गर्न सार्वजनिक अपिल गरेको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि उनीहरू फरार भएका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज