लुम्बिनी विकास कोषका कर्मचारी दुई सातादेखि आन्दोलनमा, के के छन माग ?

काठमाडौं । लुम्बिनी विकास कोषका कर्मचारी दुई सातादेखि आन्दोलनमा छन् । साउन ८ गतेबाट विरोध कार्यक्रम सुरु गरेका लुम्बिनी विकास कोषका कर्मचारीले १४ गतेदेखि कोष प्रधान कार्यालयमा तालाबन्दी गरेर आन्दोलन चर्काएपछि लुम्बिनी अशान्त बनेको छ । आन्दोलनको यतिका दिन भइसक्दा पनि कोषले भने उनीहरूसँग संवाद र छलफलसमेत सुरु गरेको छैन ।

कर्मचारीहरू आन्दोलित हुँदा कोषका उपाध्यक्ष ल्हारक्याल लामा, सदस्य(सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई र योजना प्रबन्धक स्मिता भट्ट भने काठमाडौंमा छन् । कोषाध्यक्ष भट्टराई भने बिरामी भई उपचार गराइरहेका छन् । साउन ५ गते सदस्य सचिव सानुराजा शाक्यले राजीनामा दिए पनि उनको राजीनामा भने स्विकृत भइसकेको छैन ।

कर्मचारी युनियनले संचित बिदा, कोष भत्ता र महँगी भत्ता पाउनु पर्ने माग राखेका छन् । उनीहरूले २०७९ मा बनेको कर्मचारी विनियमावली संशोधन गरेर उमेर हद लागू नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

लुम्बिनी विकास कोष कर्मचारी युनियनका अध्यक्ष अब्दुल ओफाले आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले आफ्ना मागमा विकास कोषका पदाधिकारीले बेवास्ता गरेको पनि बताए । उनले भने, उहाँहरू काठमाडौंमा बसेर के गरिराख्नुभएको छ रु हाम्रो मागलाई किन बेवास्ता गरिरहेका छन् रु यो विषयमा हामी जान्न चाहन्छौं ।

उनले बेवास्ता गरेकै कारण आफूहरू सशक्त आन्दोलन गर्न बाध्य भएको बताए । भने,अब पनि हाम्रा माग नसुनिए हामी कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं । लुम्बिनी विकास कोषकी एक कर्मचारीले आफूहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको बताइन् । उनले सुविधाको बाडफाँटमा विभेद भएको बताउँदै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताइन् ।

लुम्बिनी विकास कोषका सुरक्षा शाखा प्रमुख खगेन्द्र काफ्लेले आन्दोलनमा कर्मचारीहरू आए पनि सुरक्षा व्यवस्थामा भने कमी नभएको बताए । तर कति दिनसम्म यसरी आन्दोलन चल्ने भन्ने विषयले अन्योल भएको उनले सुनाए । भने, ुआन्दोलन कर्मचारी र संस्था दुवैका निम्ति हितकर छैन, त्यसैले कोषले समन्वय गरेर निकास निकाल्न ढिला नगरोस् ।

सम्बन्धित समाचार

ताजा न्यूज