सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला नियुक्त

काठमाडौं । सर्वोच्च अदालतले नयाँ प्रवक्ताको रूपमा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालालाई जिम्मेवारी दिएको छ। बिहीबारदेखि उनले औपचारिक रूपमा प्रवक्ताको भूमिका सम्हालेका हुन्।

अदालतको प्रवक्ता पद उच्च अदालतको न्यायाधीशमा अच्युत कुइँकेलको नियुक्तिसँगै खाली भएको थियो। उक्त रिक्त पदलाई सर्वोच्चले कोइरालालाई जिम्मेवारी दिँदै पूर्णता दिएको हो।

कोइराला हालसम्म सर्वोच्च अदालतको पेसी तथा इजलास व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा कार्यरत थिए। प्रवक्ताको जिम्मेवारीसँगै उनी मुद्दा शाखाका प्रमुख पदमा पनि रहनेछन्।

सर्वोच्च अदालतले कोइरालाको नियुक्तिपछि अदालत र सार्वजनिक पक्षबीच सूचना आदानप्रदान र संचार प्रणाली अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज