साउनमा नेपाल प्रहरीले संकलन गर्‍यो ६१ करोड ९ लाखभन्दा बढी राजस्व

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपाल प्रहरीले राजस्व संकलनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, साउन महिनामा विभिन्न स्रोतबाट जम्मा ६१ करोड ९ लाख ५४ हजार ७ सय ४३ रुपैयाँ राजस्व खातामा दाखिला गरिएको छ।

प्रहरीका वरिष्ठ अधिकारीहरूले जनाएअनुसार, राजस्व संकलनका मुख्य स्रोतहरूमा हुण्डी कारोबार, अदालतका फैसला कार्यान्वयन, ट्राफिक उल्लङ्घनमा कारबाही, अवैध सुनचाँदी बरामद, अवैध मालसामान तथा अवैध पशुपंक्षी नियन्त्रण समावेश छन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज