संविधानमा सहमति र असहमति दुवै छन्, संशोधन आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान द्वन्द्वरत पक्षहरूबिचको सहमतिमा ल्याइएको सम्झौताको उपलब्धि भएको बताउँदै यसमा थुप्रै असहमतिहरू रहेको बताएका छन् । त्रिभुवन विश्व विद्यालयका अन्तर्गतको द्वन्द्व शान्ति तथा विकास केन्द्रीय विभाग र प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालद्वारा आइतबार काठमाडौँमा आयोजित नेपालमा द्वन्द्व शान्ति निर्माणका लागि समसामयिक चुनौतीहरू विषयक कार्यशालामा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले  द्वन्द्व भएको ठाउँमा समाधानको उपाय पनि भएको उल्लेख गर्दै यसलाई ठिक ढङ्गले बुझिदिनुपर्ने बताए। उनले भने ७० वर्षको अवधिमा हामीले ७ वटा संविधान ल्यायौँ जसमध्ये २०६२ को संविधान बाहेक अन्य संविधान विभिन्न कारणले सफल भएनन् । यो संविधान असफल भयो भने यसले अकल्पनीय क्षति सुरु हुन्छ । देशलाई ३० वर्ष पछि धकेल्छ ।

मन्त्री लेखकले संविधानलाई समय सापेक्ष र सार्थक संशोधन आवश्यक रहेको समेत बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज