अध्यागमन विभागद्वारा बोर्डिङ पास नदिने वायुसेवा कम्पनीलाई लिखित जवाफ दिन निर्देशन

काठमाडौं । अध्यागमन विभागले टिकट किन्नुभएका यात्रुलाई बोर्डिङ पास नदिने वायुसेवा कम्पनीहरूलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। विभागले आइतबार प्रकाशित सूचना मार्फत कम्पनीहरूलाई यसबारे सचेत बनाएको हो।

सूचनामा भनिएको छ, “कतिपय कम्पनीहरूले टिकट काटेका यात्रुलाई बोर्डिङ पास नदिई फर्काउँदा, अध्यागमन कार्यालयबाट अफलोड गरिएको भन्ने भ्रामक सूचना फैलिरहेको छ। अबदेखि यदि कुनै कारणले यात्रुलाई बोर्डिङ पास दिन नसकिने अवस्था आएमा त्यसको कारण स्पष्ट गर्दै यात्रुलाई लिखित रूपमा जानकारी दिनुपर्नेछ।”

अध्यागमन विभागले यात्रुहरूको सुरक्षित, पारदर्शी र मर्यादित यात्रा सुनिश्चित गर्न सबै वायुसेवा कम्पनीलाई निर्देश गरेको छ कि विमानको प्रस्थान समयभन्दा कम्तीमा एक घण्टा अगावै यात्रुलाई ‘स्टेरेलाइज्ड एरिया’मा अनिवार्य रूपमा पठाउनुपर्छ।

त्यस्तै, चेक–इन काउन्टर समयमै बन्द गर्ने र अध्यागमन प्रक्रियामा अनावश्यक दबाब नपर्ने व्यवस्था मिलाउन पनि कम्पनीहरूलाई अनुरोध गरिएको छ।

विभागले केही कम्पनीहरूले ‘ओभरबुकिङ’ गर्ने, बोर्डिङ पास वितरण गर्दा नागरिकको हैसियतको आधारमा भेदभाव गर्ने जस्ता गतिविधिहरूको सूचना पाएको उल्लेख गर्दै यस्ता क्रियाकलापमा संलग्न नहुन सचेत गराएको छ।

यससँगै, टिकट बुकिङ गर्दा सीट क्षमताभन्दा बढी टिकट नबोकेका सुनिश्चित गर्न र सम्बन्धित कर्मचारी तथा सेल्स एजेन्टलाई सचेत गराउन पनि निर्देशन दिइएको छ।

“यदि यस्ता गतिविधिमा वायुसेवा कम्पनी वा कर्मचारीको संलग्नता देखियो भने प्रचलित कानुन अनुसार अनुसन्धान गरी कारबाही गरिनेछ र विवरण सार्वजनिकीकरण गरिनेछ,” विभागले चेतावनी दिएको छ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

सम्बन्धित समाचार

ताजा न्यूज