काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जनाको न्यायाधीश पदमा सिफारिस गर्दै गर्दा कानुन व्यवसायी (अधिवक्ता) हरूबाट ६ जनालाई चयन गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले योग्य र अनुभव सम्पन्न अधिवक्ताहरूलाई उच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेको हो।
सिफारिस भएका अधिवक्ताहरूको सूची यस प्रकार छस्
शर्मिला थापा विष्ट
प्रतापसिंह ठकुराठी
बालकृष्ण गैरे
निशा बानियाँ
श्यामकुमार विश्वकर्मा
अरुणकुमार पंजियार
यी अधिवक्ताहरूले लामो समयदेखि कानुनी अभ्यास, न्यायिक प्रक्रिया, मानव अधिकार र विधिको शासनको प्रवर्द्धनमा योगदान गर्दै आएका छन्। उनीहरूको अनुभव, निष्ठा र व्यावसायिक क्षमताका आधारमा न्याय परिषद्ले सिफारिस गरेको बताइएको छ।
सिफारिसपछि अब राष्ट्रपति कार्यालयबाट नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। नियुक्तिपछि उनीहरूलाई तोकिएको उच्च अदालतमा पदस्थापन गरिनेछ। हिजो मात्रै नेपाल बार एसोशिएसनले विज्ञप्ति जारी गर्दै ५० प्रतिशत कोटा माग गरेको थियो ।