डा. टेकबहादुर बमलाई नेपाल सरकारको तर्फबाट प्रशासकीय अदालतको अध्यक्ष सिफारिस

काठमाडौं । न्याय परिषद्ले नेपाल सरकारको तर्फबाट प्रशासकीय अदालतको अध्यक्ष पदमा वरिष्ठ श्रेणीका उप महान्यायधिवक्ता डा. टेकबहादुर बमलाई सिफारिस गर्ने निर्णय गरेको छ।

२०७६ सालको प्रशासकीय अदालत ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) अनुसार कानूनी प्रावधानका आधारमा बमलाई सिफारिस गरिएको हो। न्याय परिषद्को निर्णय २०८१ साउन २१ गतेको बैठकबाट भएको हो।

परिषद्का प्रवक्ता डा. अशोककुमार वैद्यद्वारा हस्ताक्षरित सूचनामा डा. बमलाई प्रशासकीय अदालतको अध्यक्ष पदमा नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गरिएको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज