सर्वोच्च अदालतका दोलखा मूल घर भएका न्यायाधीशलाई सम्मान

काठमाडौं । दोलखा कानुन व्यवसायी समाजले सर्वोच्च अदालतमा कार्यरत तथा अवकाशप्राप्त दोलखा मूल घर भएका न्यायाधीशहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फूयाँल, नवनियुक्त न्यायाधीश मेघराज पोखरेल र पूर्व न्यायाधीश बलराम केसीलाई बधाई, सम्मान तथा शुभकामना प्रदान गरिएको हो ।

दोलखाबाट न्यायपालिकामा उल्लेखनीय योगदान रहँदै आएको स्मरण गर्दै आयोजकले पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीदेखि हालका न्यायाधीश प्रकाशबहादुर केसीसम्मको योगदानको चर्चा गरेका थिए । उच्च र जिल्ला अदालतमा समेत दोलखाली न्यायाधीशहरूको सक्रिय उपस्थिति रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज