सेवन्तक पोखरेल बने बीमा प्राधिकरणका नयाँ अध्यक्ष, लिए शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको शपथ लिएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा पोखरेलले सोमबार पदभार ग्रहण गरेका हुन्।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले उनलाई अर्को व्यवस्था नभएसम्म बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको थियो। यो नियुक्ति बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझाविरुद्ध परेको उजुरीपछि भएको छ।

यसैबीच, मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ अनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा जीवनप्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेका छन्।

छानबिन समितिको गठनसँगै शरद ओझा स्वतः निलम्बित भएका छन् भने समितिका सदस्यहरूले मंगलबार नियुक्तिपत्र प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज