कोहलपुरमा नक्कली नोट र अफिमसहित पत्रकार पक्राउ

कोहलपुर । कोहलपुरबाट सञ्चालित एक सञ्चार संस्थामा कार्यरत पत्रकारलाई नक्कली नोट र लागुऔषध अफिमसहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई कार्यालयकै परिसरबाट पक्राउ गरिएको हो। सहकारीको साथबाट १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिम बरामद गरिएको डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्।

प्रहरीले पक्राउ परेका सहकारीलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको जनाएको छ। लागुऔषध ओसारपसार र नक्कली नोट प्रकरणमा पत्रकार संलग्न भएको घटनाले सुरक्षा निकायहरू थप सतर्क बनेका छन्।

यसबारे अनुसन्धान अघि बढ्दै गर्दा सहकारीको संलग्नता र यसमा संलग्न सम्भावित गिरोहको पहिचान गर्न प्रहरी सक्रिय रहेको जनाइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज