काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित तीन आर्थिक विधेयक प्रमाणीकरण गरेका छन्।
शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरण भएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्चसम्बन्धी विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक रहेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यी विधेयकहरू संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको थियो। राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था अनुसार तिनीहरू प्रमाणीकरण गरेका हुन्। यससँगै अब सम्बन्धित कानुनहरू कार्यान्वयनमा जाने छन्।