पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि सरकारी सेवा सुविधा नलिने घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्राप्त सरकारी सेवा तथा सुविधा आजकै मितिबाट फिर्ता लिने निर्णय गरेकी छन् ।

गृह मन्त्रालयमा पठाइएको निवेदनमार्फत उनले पूर्वराष्ट्रपतिका हैसियतले पाइने सम्पूर्ण सेवा र सुविधा अब नलिने स्पष्ट पारिएको स्रोतले जनाएको छ ।

पूर्वराष्ट्रपतिका रूपमा उनले सवारी, सुरक्षाकर्मी, सहयोगी कर्मचारीलगायतका सुविधा पाउँदै आएकी थिइन् । तर, अब ती सबै सुविधा फिर्ता लिने निर्णय उनले स्वयं गरेकी हुन् ।

भण्डारी निकट स्रोतका अनुसार, “उहाँले आजकै मितिबाट लागू हुने गरी सम्पूर्ण सेवा सुविधा फिर्ता लिने निर्णय गर्नुभएको छ । सम्बन्धित मन्त्रालयमा त्यसबारे जानकारी गराइसकिएको छ ।”

पूर्वराष्ट्रपति भण्डारी २०७२ सालमा नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकी थिइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज