पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा-सुविधा फिर्ता गर्ने तयारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्राप्त सरकारी सेवा-सुविधा फिर्ता गर्ने तयारी गरेकी छन्। दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी पछिल्लो समय नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएसँगै उनले सेवा-सुविधा फिर्ता गर्ने निर्णय लिएको स्रोतले जानकारी दिएको छ।

उनले हालै नेकपा एमालेको सदस्यता नवीकरण गरेकी छन् र पार्टीको नियमित गतिविधिमा सहभागी हुँदै आएकी छन्। भण्डारीनिकट स्रोतका अनुसार, उनले गृह मन्त्रालयलाई पत्राचारमार्फत सेवा-सुविधा फिर्ता लिने प्रक्रिया अघि बढाइरहेकी छन्।

राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि भण्डारी काठमाडौंको भंगालस्थित निजी निवासमा बस्दै आएकी छन्। उनीलाई हालसम्म निवृत्त राष्ट्रपतिका हैसियतमा सुरक्षाकर्मी, सवारी, सचिवीय सहयोग, आवास सुविधा लगायत विभिन्न सेवा-सुविधा प्राप्त हुँदै आएको थियो।

भण्डारीको यो निर्णय नेपाली राजनीतिमा पूर्वपदाधिकारीको नैतिक अभ्यासको सन्दर्भमा एक फरक दृष्टान्तको रूपमा हेरिएको छ। सक्रिय राजनीतिमा फर्किएपछि उनले प्राप्त विशेष सुविधाहरू फिर्ता गर्नु उचित ठानेको बुझिएको छ।

अब गृह मन्त्रालयको औपचारिक प्रक्रिया पश्चात् उनको सेवा-सुविधा फिर्ता सम्बन्धी निर्णय कार्यान्वयनमा आउनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज