काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन, जिल्ला कार्य समिति काठमाडौंले आगामी २०७८ असार २८ गते हुन गइरहेको काठमाडौं जिल्ला बारको निर्वाचनका लागि तय गरिएको उम्मेदवार छनौट कार्यक्रम स्थगित गरेको छ।
यसअघि तय गरिएको तालिकाअनुसार, असार १३ गते आन्तरिक निर्वाचनमार्फत उम्मेदवार चयन गरिने तयारी थियो। तर, विशेष परिस्थितिका कारण उक्त कार्यक्रम हाललाई स्थगन गरिएको एशोसिएसनले जनाएको छ।
एशोसिएसनका अध्यक्ष सुशील राज पौडेलद्वारा हस्ताक्षरित आधिकारिक सूचनामा भनिएको छ, “निर्वाचन कार्यक्रम स्थगन भएको र निर्वाचन कार्यक्रमका सम्बन्धमा मिति २०८२/०३/१३ गतेको सूचनामार्फत जानकारी गराइने व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ।”
सम्बन्धित सबै सदस्य, अधिवक्ता, तथा सरोकारवालाहरूलाई निर्धारित मितिमा सूचनाको पालना गर्न तथा नयाँ तालिकाको प्रतीक्षा गर्न एशोसिएसनले आग्रह गरेको छ।