काठमाडौं । ससदमा बजेट अलपत्र परेपछि सभामुखले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि प्रतिपक्षिको माग सम्बोधन नगरी अगाडि बढ्न गाह्रो छ ।
सरकारले शुक्रबार प्रतिपक्षिको सहमति वेगर नै पेलेरै संसद चलाएको थियो । प्रतिपक्षिले विरोध गरिरहेकोले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।
बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।