काठमाडौं। ललितपुरस्थित नख्खु कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मृतक कैदी कर्तव्य ज्यान र बलात्कार अभियोगमा दोषी ठहर भई सजाय भोगिरहेका थिए।
कारागार प्रशासनका अनुसार, जेठ २५ गते कारागारभित्रको भान्छामा काम गर्ने क्रममा चिप्लिएर लडेका ती कैदीको शरीरको विभिन्न भागमा गम्भीर रूपमा पोलेको थियो। दाल पोखिएको स्थानमा चिप्लिएर उनी लड्दा तातो पदार्थले शरीर डढाएको जनाइएको छ।
घटनापछि उनलाई तुरुन्तै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। तर, गम्भीर जलनका कारण उनको बुधबार मृत्यु भएको हो ।