काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरूले गरे सूचना आयोगमा अवलोकन भ्रमण

काठमाडौं । काठमाडौँ स्कूल अफ ल मा संवैधानिक कानून विषय अध्ययनरत विद्यार्थीहरूले ‘नागरिक अधिकार र पारदर्शिता’ सम्बन्धी शैक्षिक भ्रमण अन्तर्गत सूचना आयोगको अवलोकन भ्रमण गरेका छन्। संविधानले प्रत्याभूत गरेको जानकारीको हक (Right to Information) को व्यवहारिक पक्षबारे प्रत्यक्ष ज्ञान हासिल गर्नुका साथै सार्वजनिक निकायहरूमा पारदर्शिता र जवाफदेहिताका आधारमा सुशासन सुदृढ गर्ने प्रक्रियालाई बुझ्नु भ्रमणको मुख्य उद्देश्य थियो।

भ्रमणका क्रममा विद्यार्थीहरूले सूचना आयोगको स्थापना, संरचना र कार्यप्रणालीबारे जानकारी पाए। सूचनाको हकसम्बन्धी कानूनी व्यवस्था र कार्यान्वयन प्रक्रियाबारे अवलोकन गर्दै उनीहरूले सूचना प्राप्तिमा देखा पर्ने व्यवहारिक जटिलता र समाधान उपायहरूबारे आयोगका प्रतिनिधिसँग अन्तरक्रिया गरे। साथै, सूचनाको अभावले नागरिक अधिकार र मानव अधिकारमा पार्ने असर र सूचना अधिकार तथा सुशासनबीचको अन्तरसम्बन्धबारे समेत गहिरो छलफल भएको थियो।

विद्यार्थीहरूले आयोगका पदाधिकारीहरूसँग सूचना अधिकारलाई अझ प्रभावकारी बनाउन आवश्यक रणनीति र सुधारका उपायहरूबारे विचारविनिमय गरेका थिए। यस शैक्षिक यात्राले विद्यार्थीहरूलाई व्यवहारमा सूचनाको हक, पारदर्शिता र जवाफदेहिताको महत्व बुझ्न सहयोग पुर्‍याएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज