काठमाडौं । न्याय परिषद्को रिक्त सदस्य पदमा वरिष्ठ अधिवक्ता महेश नेपाललाई सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उक्त पदका लागि प्रस्ताव गरेका हुन्।
नेपालको संविधानअनुसार न्याय परिषद्मा प्रधानमन्त्रीको सिफारिसमा एकजना कानुनविद् नियुक्त गरिने व्यवस्था छ। वर्तमान सदस्य रामप्रसाद भण्डारीको कार्यकाल असार १० गते समाप्त भएपछि सो स्थान रिक्त हुँदैछ।