पूर्वकानुनमन्त्री विरूद्धसमेत साढे १८ करोडको भ्रष्टाचार मुद्दा, तीन वर्ष अघि एमाले प्रवेश गरेका सिंह जोगाएनन् ओलीले

काठमाडौं । पूर्वकानुनमन्त्री विरूद्धसमेत साढे १८ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । तीन वर्ष अघि एमाले प्रवेश गरेका प्रेमबहादुर सिंहलाईसमेत प्रधानमन्त्री ओलीले जोगाएनन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै भ्रष्टाचार मुद्दा लागेका तत्कालीन सरकारका कानुन तथा न्यायमन्त्री सिंहविरुद्ध साढे १८ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको हो ।

यस्तै तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व। डम्बर श्रेष्ठको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

उनीविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोकको नासिकास्थान साँगामा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचबिखन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

माधव नेपाल प्रधानमन्त्री हुँदा कानुनमन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष सिंह २०७८ चैत ८ गते एमालेमा प्रवेश गरेका थिए । उनी अध्यक्ष रहेको समाजवादी जनता पार्टीका सबै जनसंगठन पनि एमालेमा समाहित भएका थिए ।

उनी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए । त्यसबेला खारेज भइसकेको सिंहको पार्टीलाई मन्त्रालयको दिँदा विवाद भएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज