राजावादी आन्दोलनका क्रममा पक्राउ परेका कमल थापासहितका नेताहरु रिहा

काठमाडौं। राजावादी आन्दोलनका क्रममा पक्राउ परेका कमल थापासहितका नेताहरु रिहा भएका छन् । राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपाका सांसद दिपक सिंह सहित ७ जना छुट्ने दिउँसो पक्राउ परेका थिए । उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई रिहा गर्ने प्रहरीको तयारी छ ।

रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज