भोलि काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले भोलि २०७८ साल जेठ १८ गते आइतबारका दिन काठमाडौं उपत्यकाका तीन जिल्ला – काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा घोषणा गरेको छ।

मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय गरिएको हो। यससम्बन्धी सूचना नेपाल राजपत्रमा २०८१ सालमा नै प्रकाशित भइसकेको उल्लेख गर्दै मन्त्रालयले आज सूचना प्रकाशित गरी बिदाबारे जानकारी दिएको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा जारी सूचनामा सम्बन्धित सबै कार्यालय, संघसंस्थाले उक्त बिदालाई कार्यान्वयनमा ल्याउन अनुरोध गरिएको छ।

भोटो देखाउने जात्रा नेवार समुदायको परम्परागत पर्व हो, जसले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ। यो जात्रा विशेषगरी ललितपुरको मछिन्द्रनाथको रथयात्रासँग सम्बन्धित रहन्छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज