शनिबार ३२औँ अधिवक्ता तहको प्रमाणपत्र वितरण हुने

ललितपुर । नेपाल कानुन व्यवसायी परिषद्को आयोजनामा हालै ३२औँ परीक्षा उत्तीर्ण गरेका बागमती प्रदेशका कानुन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम यही असोज २९ गते शनिबारका दिन हुने भएको छ।

परिषद्को कार्यालयद्वारा प्रकाशित सूचनामा अनुसार, २०८२ सालमा सम्पन्न ३२औँ अधिवक्ता तहको परीक्षामा सफलता प्राप्त गरेका कानुन व्यवसायीहरुलाई प्रमाणपत्र वितरण गर्न कार्यक्रम तय गरिएको हो। पूर्व व्यवसायिक तालिममा सहभागिता जनाएका व्यावसायीहरुलाई पनि प्रमाणपत्र वितरण गरिनेछ।

कार्यक्रम विहान ९ बजेबाट द प्लाजा, पुल्चोक, ललितपुरमा सुरु हुनेछ। परिषद्का सचिव श्रीराम खनालद्वारा हस्ताक्षरित सूचनामा सहभागी कानुन व्यवसायीहरुलाई तोकिएको समयमै उपस्थित हुन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज