नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दर्ता गरिएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशसम्बन्धी छलफलका लागि बोलाउन आदेश दिएको छ।

मंगलबार अधिवक्ता विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आवश्यक विज्ञताको प्रमाण बिना विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरिएको दावी गरेका छन्।

रिटमा उल्लेख छ कि पौडेललाई गभर्नर पदमा सिफारिस, नियुक्ति र शपथ गराउने निर्णय गैरकानुनी भएको हुँदा उक्त नियुक्ति बदर गर्न अदालतसँग माग गरिएको छ।

सर्वोच्च अदालतको यो कदमले आगामी दिनमा नियुक्तिको वैधताबारे महत्वपूर्ण निर्णय आउन सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज