काठमाडौं । भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै गृहमन्त्री रमेश लेखकले न्यायको माग गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध फैलाइएको आरोपहरूलाई असत्य र राजनीतिक पूर्वाग्रही षड्यन्त्रको संज्ञा दिँदै, निष्पक्ष सुनुवाइको माग गरेका हुन्।
जसरी मेरो नाम जोडेर सामाजिक सञ्जालमा धारणा बनाइयो, त्यो पूर्णरूपमा गलत हो। यो मेरो चरित्र हत्या गर्ने षड्यन्त्र हो, गृहमन्त्री लेखकले भने।
उनले स्पष्ट पारे कि भिजिट भिसा प्रकरणमा न त आफ्नो संलग्नता छ, न त कुनै उजुरी परेको छ, न नै कुनै छानबिन भइरहेको छ। उनले भने, “कि म यो देशको नागरिक होइन रु मलाई न्याय नपाउने हो रु न्याय त मैले पनि पाउनुपर्छ।”
मन्त्रालयमा कर्मचारी सरुवासम्बन्धी विवादको विषयमा समेत बोल्दै उनले भट्टराईलाई अचानक सरुवा गरेर गृह मन्त्रालयमा ल्याइएको भन्ने आरोपलाई खारेज गरे। “यो पनि अनावश्यक रूपमा राजनीतिक कोणबाट हेर्ने प्रयास हो,” उनले थपे।
मन्त्री लेखकले निष्पक्ष अनुसन्धान र सत्य तथ्यको आधारमा मात्रै निष्कर्ष निकाल्न सबैलाई आग्रह गर्दै न्यायको अपिल गरेका छन्।