त्रिनगर भन्सार प्रमुखमाथि दुर्व्यवहारको आरोपमा तीन नगर प्रहरीसहित चार जना पक्राउ

कैलाली । कैलालीको त्रिनगरस्थित भन्सार कार्यालयमा कार्यरत प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन नगर प्रहरीसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–१०, बैतडीका ५३ वर्षीय नगर प्रहरी लक्ष्मण सिंह धामी, धनगढी उपमहानगरपालिका–४ का ४६ वर्षीय नगर प्रहरी हवल्दार मणीदत्त भट्ट, वडा नं. ५ का ४३ वर्षीय प्रहरी जवान जितेन्द्र सिंह धामी र पुनर्वास नगरपालिका–१०, कञ्चनपुरका ४३ वर्षीय सवारी चालक रतन मल्ल रहेका छन्।

शनिबार राति करिब ११ बजे धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार कार्यालयको परिसरभित्र प्रमुख अनन्त तिमल्सिनामाथि उनीहरूले अभद्र व्यवहार गर्दै कुटपिट गरेको आरोप लागेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पीडित तिमल्सिनाले दिएको जाहेरीका आधारमा आइतबार उनीहरूलाई पक्राउ गरिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज