सिंगापुर । ल एसिया र ल सोसाइटी अफ सिंगापुरद्वारा संयुक्त रूपमा आयोजित “विवादको वैकल्पिक समाधान सम्मेलन २०२५” सिंगापुरको पान प्यासिफिक होटलमा सफलता पूर्वक सम्पन्न भएको छ।
उक्त सम्मेलनमा नेपालको तर्फबाट अधिवक्ता सरोज घिमिरेले कृतिम बौद्धिकता, बौद्धिक सम्पत्ति र विवाद समाधान सम्बन्धी विषयमा नेपाली सन्दर्भमा धारणा प्रस्तुत गरेका थिए।
सिंगापुरस्थित FTI Consulting र LAWASIA को सहकार्यमा आयोजित “Arbitration and Beyond: Recent Development at UNCITRAL” विषयक विशेष बैठकमा समेत आफूले सहभागिता जनाएको अधिवक्ता घिमिरेले बताए । उनले उक्त कार्यक्रममा नेपालको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय व्यापार कानुन आयोग (UNCITRAL) का सन्दर्भमा आफ्नो धारणा स्पष्ट रूपमा राखेको बताएका छन् ।