अधिवक्ता केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिका आधारमा थुनामा परेका अधिवक्ता सुजित केसीलाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै केसीलाई रिहा गर्न आदेश दिएको हो।

सरकारले गैरकानुनी थुनामा राखेको भन्दै अधिवक्ता राजकुमार श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। केसी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक समेत हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज