प्रहरी परिसरको गेटबाट फरार थुनुवा असनबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं (भद्रकाली) को गेटबाट मंगलबार फरार भएका थुनुवा निशान परियार पक्राउ परेका छन्।

२४ वर्षीय परियारलाई बुधबार असन याट्खाबाट पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी अपील राज बोहराले जानकारी दिए।

परियार अभद्र व्यवहारको अभियोगमा प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि परिसर ल्याइएका थिए। तर, परिसरको गेटबाटै उनी मंगलबार फरार भएका थिए। उनी फरार भएको एक दिनमै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिन सफल भएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज