शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी साइबर क्राइम मुद्दामा पक्राउ

कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। उनीमाथि साइबर अपराध (विद्युतीय अपराध) मुद्दा दर्ता भएपछि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार चौधरीले एक बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको अभियोगमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। सोही उजुरीका आधारमा जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित अध्यक्ष हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा लोसपाको तर्फबाट विजयी भएका थिए।

हाल उनीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज